ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबिरल बर्षाले बागलुङका बिभिन्न ठांउमा क्षति


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ६ : ५१   बजे


बागलुङ असार २ :
केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पु¥याएको छ । काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत रहेको सो पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मङ्गलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याबिन बगाएपछि पुल उच्च जोखिममा परेको हो । तत्कालै मर्मत नगरे बाढीले पुल नै बगाउन सक्ने बागलुङ नगरपालिका—१ का वडा सदस्य सूर्य लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको र थप क्षति हुनबाट जोगाइने प्रजिअ शिवकुमार कार्कीले बताउनुभयो ।

यसैगरी निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिराले दुई घर पूर्णरुपमा क्षति भएको र सात घर पहिराको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिराले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । यस्तै नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको र अन्य दुई घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । वडा नं १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरमा पहिरो आई उच्च जोखिममा परेको छ । यस्तै बरेङ गाउँपालिका–१ भ्युडाडा वस्ने विशाल विक र गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घरको घर पनि जोखिममा रहेकाले विस्थापित भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu