ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची क्षेत्रका बाढीपीडितलाई सिल्क ग्रुपको खाद्यान्न सहयोग


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ७ : ०४   बजे


काठमाडौँ, २ असार :
अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रुपले खाद्यान्न सहयोग गरेको छ । सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधिसभमाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रुपले २०० बोरा चामल सहयोग गरेको हो । सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आजै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गर्नुभयो ।

उक्त खाद्यान्न सिल्क ग्रुपले मेलम्चीमा पु¥याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आजै प्रभावित क्षेत्रमा पु¥याइएको छ । सिल्क ग्रुपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ ।

तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रुपका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रुपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिल्क ग्रुप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रुपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिण्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

तीन दिनदेखिको अविरल वर्षापछि मंगलबार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौ बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सभामुख सापकोटासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार, व्यवस्थापन तथा राहत वितरणमा जुट्नु भएको थियो । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group