ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   ९ : ४४   बजे

काठमाडौं, ३ असार ।  पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो ।

भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुईलेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो ।

मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा सहज हुने रेग्मीले बताउनुभयो । पहुँच मार्ग नबन्दा मालसामान ढुवानी गर्ने र सवारीका साधनलाई ओहोरदोहोरमा कठिनाइ थियो ।

गलगलियाका पूर्वमुखिया गणेश रायले पहुँच मार्ग रु आठ करोड ५० लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो । मेची पुल नेपाली भूभागमा रहेको छ । पुल जोड्ने भारतीय भूभाग पश्चिम बङ्गाल र बिहार प्रान्तको सिमानामा पर्ने भएकाले पहुँच मार्ग कता लैजाने भन्नेमा भारतीयहरुबीच विवाद थियो । अहिले पहुँच सडक विहारतिर लगिएको छ ।

नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष रेग्मीले नेपाली पक्षले मेची पुल निर्माण गरिसकेको तीन वर्षसम्म भारतीय पक्षबाट पहुँच मार्ग नबनाइँदा नेपाली व्यवसायी र भद्रपुरबासीले दवाव सिर्जना गरेका कारण अहिले सडक बनेको बताउनुभयो ।

पहुँच मार्ग छिटो निर्माण गर्नका लागि प्रदेशसभा सदस्यद्वय ओमप्रकाश सरावगी र बसन्त बानियाँ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष रेग्मीलगायतले भारतीय सरोकारवाला पक्षलाई भेटेर सो सडक बनाउन पटकपटक दवाव दिनुभएको थियो ।

पहुँच सडक बनेपछि बाह्रै महिना मेची पुल प्रयोगमा आउने र त्यसबाट भद्रपुर भन्सारमार्फत व्यापार बढ्ने अपेक्षा गरिएको छ । यसअघि सडक नबन्दा कोइला, क्लिङ्कर, पेट्रोललगायतका ठूला मालबाहक ट्रकद्वारा आयात गरिने सामग्री मेची भन्सार हुँदै नेपाल ल्याइने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu