ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकामा पुनःएक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी


एबीसी / संवाददाता
६ असार २०७८, आइतबार   १० : ०३   बजे

काठमाडौँ, ६ असार । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकामा यसअघि थप गरिएको निषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ ।यसैबीच उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भइरहेको बताउनुभएको छ । उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइहाल्यो भने पुनः कोरोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु सजग रहेको प्रजिअ पराजुली बताउनुहुन्छ । निषेधाज्ञा तत्कालै हटाइहाल्न नमिल्ने तर, चरणबद्ध निषेधाज्ञा खुकुलो बनाउदै लैजाने आफूहरुको योजना रहेको प्रजिअ पराजुलीले बताउनुभयो।

पछिल्लो समय निषेधाज्ञामा कडाई गर्ने भन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर आफूहरु लागिपरेको उहाँले बताउनुभयो । उहाका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । त्यसोत, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप परिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ । गत बुधबारको सीसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनका अधिकारीहरुले छलफल गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, संस्थापन र इतर पक्षका छुट्टाछुट्टै कार्यतालिका, मिलाउन शेखरको पहल

टिमुरे सुनसान, २१ सयभन्दा बढी सम्पर्कविहीनको खोजीमा सशस्त्र प्रहरी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu