ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अकस्मात गृहमन्त्रीले किन बोलाए सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई काठमाडौंमा ?


एबीसी / संवाददाता
६ असार २०७८, आइतबार   २ : २१   बजे

काठमाडौँ, ६ असार । गृहमन्त्री खगराज अधिकारीले नेपालका सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई हिजो अकस्मात काठमाडौँ बोलाउनुभएको छ । ती मन्त्रीहरु आजै बिहान काठमाडौँ आइपुगे र अहिले गृहमन्त्री अधिकारी र ती सात मन्त्रीहरको बैठक सिंहदरबारमा जारी छ ।

गृहमन्त्री अधिकारीले हिजो ती मन्त्रीहरुलाई बोलाउनुभको थियो । उहाँले सबैलाई आफैले फोन गरेर बैठकका लागि भन्दै बोलाउनुभएको हो । उनीहरु आजै काठमाडौं आएकोले अहिले सिंहदरबारमा बैठक शुरु भएको छ । खासमा उहाँले विपद् ब्यवस्थापनका बारेमा आवश्यक छलफल गर्ने र तयारीका बारेमा केन्द्र सरकारको निर्देशन दिनका लागि ती मन्त्रीहरुलाई काठमाडौँ बोलाएका बुझिएको छ ।

अघि शुरु भएको सो बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी रहेका बुझिएको छ। उता यसअघि गत शुक्रवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको थियो । त्यस लगत्तै हिजो गृहमन्त्री अधिकारीले सबै प्रदेशका आन्तरिक व्यवस्था मन्त्रीहरुलाई बैठकका लागि बोलाउनुभएको थियो । मन्त्री अधिकारीले यो बैठक हालै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयका लागि यो बैठक बोलाएको भनिए पनि निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको छ । सरकारले कात्तिक २६ र मंसिर ३ का लागि आम निर्वाचनको प्रस्ताव गरेको छ । हुनत प्रधानमन्त्रीको यस कदमका विरुद्धमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । तर पनि यता सरकारले भने आम निर्वाचनको तयारी गर्ने जनाएको थियो । सरकारले निर्वाचनमा सुरक्षाको सम्भावित अवस्थाका बारेमा आवश्यक छलफल र परामर्श गरिरहेको बताइएको छ । त्यसैले शनिबार गृहमन्त्री अधिकारीले ७ प्रदेशका आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरुलाई बोलाउनुको उद्देश्य पनि निर्वाचन सुरक्षाका बारेमा छलफलका लागि भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group