ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ बीमा कम्पनीको लाइसेन्स लिन ६ कम्पनीको दौडधुप


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ४ : ४३   बजे

काठमाडौं , ७ असार । विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । केही साता अघि नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो ।त्यसपछि बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् ।

अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराईका साथै केही व्यापारिक घरानाका व्यक्तिहरुले समेत नयाँ बिमा कम्पनीका लागि तयारी गर्नुभएको छ। कार्की र भट्टराई दुबै जनाले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएर पनि लाइसेन्स पाउनु भएको थिएन । अहिले कार्कीले अभियान जनरल इन्स्यारेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्यारेन्सको नाममा कागजात तयार पारिरहेको एक स्रोतले जनाएको छ । यसैगरी केही व्यापारिक समूहले मनकामना जनरल इन्स्योरेन्स, स्ट्याण्र्डड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा लाइसेन्सका लागि तयारी गरिएको बुझिएको छ ।

प्रस्तावित युनी लाइफमा भने वन तथा वातावरण मन्त्री नारणमूनी रानाले समेत संस्थापक सेयरका लागि फारम भर्नुभएको छ । तत्कालीन अध्यक्ष चिरञ्जीवि चापागाईंको पालामा १९ वटा बिमा कम्पनीहरुले लाइसेन्स पाएका थिए । त्यसपछि भने अब संख्या धेरै भएको भन्दै लाइसेन्स बन्द गरिएको थियो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल अहिले पनि बन्द नै रहेको बताउँनुहुन्छ । अहिले नयाँ लाइसेन्सका लागि आवेदन समेत नलिने उहाँले बताउनुभयो ।तर, समितिले सुटुक्क केही कम्पनीहरुलाई लाइसेन्स दिन सक्ने सम्भावना देखिएकाले ६ वटा समूहले तयारी थालेका छन् । ‘हामीले अहिले कागजात बनाइरहेका छौं, भोलि जुनसुकै बेला समितिले आवेदन माग गर्न सक्छ’ एक व्यवसायीले भन्नुभयो , ‘प्रधानमन्त्रीले नै आवेदन खुला गर्नु भनेपछि समितिको अध्यक्षको केहि लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu