ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यासेडोनियालाई ३ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ११ : ४८   बजे

काठमाडौं, ७ असार । नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे ।

यस्तै मेम्फिस डिपेले एक गोल थपे । खेलको २१ औं मिनेटमा एलेक्सजेण्डर ट्राजकोभस्कीको प्रहार पोस्टमा लाग्दा म्यासेडोनिया अग्रता बनाउन चुकेको थियो ।तर, २४ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । काउन्टर बलमा डोनवेल मालनको पासमा डिपेले गोल गरेका हुन् । उनको यो नेदरल्यान्ड्सका लागि २८ औं गोल हो ।दोस्रो हाफमा कप्तान विनाल्डम चम्किए । ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३(० को जित दिलाए ।

यस दुई गोलसँगै विनाल्डमले नेदरल्यान्ड्सका लागि २५ औं गोल पूरा गरेका छन् ।यस जितसँगै समूह (सी) को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो ।नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन । पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu