ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेल्जियमको तेस्रो जित, डेनमार्क पनि नकआउट चरणमा


एबीसी / संवाददाता
८ असार २०७८, मंगलबार   ७ : १२   बजे

पेरिस, ८ असार । बेल्जियमले युरो २०२० मा सोमबार फिनल्यान्डलाई समूह ‘बी’ को खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि बनाएको छ ।हारपछि फिनल्यान्डले भने नकआउट चरण पुग्ने सम्भावनाका लागि अन्य खेलका नतिजा कुर्नुपर्ने भएको छ ।

यसै समूहको अर्को खेलमा डेनर्माकले रुसलाई कोपनहेगनमा भएको खेलमा ४–१ ले हराई नकआउट चरणको यात्रा तय गर्न सफल रह्यो ।सेन्ट पिटर्सबर्गमा भएको खेलमा विश्ववरीयताको नम्बर १ टिमका लागि रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल फिनल्यान्डका गोलरक्षक लुकास हारडेकीको नाममा आत्मघाती रह्यो ।बेल्जियमको तीन खेलबाट अधिकतम नौ अंक भएको छ । डेनमार्क तीन अंकसाथ दोस्रो स्थानमा रह्यो ।

उसले अब आम्स्ट्रडममा हुने अन्तिम १६ को खेलमा वेल्सको सामना गर्ने निश्चित भएको छ । फिनल्यान्ड र रुस पनि समान तीन–तीन अंकमा रहे । डेनमार्कको जितमा मिखेल डाम्सगार्ड, युसुफ पोल्सन, आन्ड्रेस क्रिस्टेन्सन र जोकिम माहेलले एक–एक गोल गरे ।रुसका लागि आरटेन डेज्बाले एक मात्र गोल गरे । यससँगै टिम प्रतियोगिताबाट बाहिरिएको छ । बेल्ज्यिमले भने नकआउट चरणमा कसको सामना गर्ने हो, त्यसबारे निर्णय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu