ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोकप : ४० हजार दर्शक उपस्थितमा इंग्ल्याण्ड र जर्मनीको बहुप्रतीक्षित भिडन्त


एबीसी / संवाददाता
१५ असार २०७८, मंगलबार   ९ : ३०   बजे

काठमाडौं, १५ असार । युरोकप २०२० मा समूह चरणपछि पनि घरेलु मैदानमै खेल्न पाउने भाग्यमानी टिम हो इंग्ल्याण्ड । त्यही इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीसँग लण्डनस्थित वेम्वली मैदान प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति ९: ४५ बजे हुने यस खेल बहुप्रतीक्षित बनेको छ । इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । ‘ग्रुप अफ डेथ’मा रहेको जर्मनी भने समूह एफमा फ्रान्सभन्दा पछि रहेर उपविजेता बनेको थियो । समूह चरणको तीनवटै खेल घरेलु मैदानमा खेलेको इंग्ल्याण्ड अपराजित रहेको थियो ।

इंग्ल्याण्डले क्रोएसिया र चेक रिपब्लिकलाई समान १० ले पराजित गर्दा स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो । दुवै खेलमा रहिम स्टर्लिङले गोल गरेका थिए । उता फ्रान्ससँग १-० ले पराजित हुँदै प्रतियोगिता सुरुवात गरेको जर्मनीले दोस्रो खेलमा साविक विजेता पोर्चुगललाई ४-२ ले पराजित गर्दा हंगेरीसँग २(२ को बराबरी खलेको थियो।

इंग्ल्याण्ड र जर्मनीबीच फुटबलको राइभलरी गजज्बको छ । यस पटक युरोकपको नकआउट चरणको सुरुआतमै यी दुई टोली भिड्दैछन् । त्यसैले पनि यस खेललाई लिएर विभिन्न अड्कलबाजी सुरु भइसकेको छ ।

यस खेलको विजेताले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको खेलको विजेतासँग खेल्नेछ ।इंग्ल्याण्ड र जर्मनी खेल्दा सन् १९९६ को युरो सेमिफाइनलको याद ताजा हुन्छ । त्यतिबेला अहिलेका इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले पेनाल्टी गुमाउँदा जर्मनी विजयी भएको थियो ।

त्यही संस्करणमा सेमिफाइनल खेलेयता इंग्ल्याण्ड फेरि सेमिफाइनल पुग्न सकेको छैन । इंग्ल्याण्ड दुई पटक सेमिफाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।

जर्मनी भने स्पेनसँगै सर्वाधिक ३ पटकको च्याम्पियन हो । १९९६ मा जर्मनीले उपाधि नै जितेको थियो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फाइनलमा जर्मनीलाई पराजित गरेयता मुख्य प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराउन सकेको छैन ।

१९९६ को त्यो चर्चित सेमिफाइनलमा जर्मनीले इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा ६-५ ले पराजित गरेको थियो । सन् २००० को युरोमा भने इंग्ल्याण्डले जर्मनीलाई समूह चरणमा १-० ले पराजित गरेको थियो ।

यी दुई टोली युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन् ।घरेलु मैदान वेम्वलीमा इंग्ल्याण्डको यो ३००औं खेल हुनेछ । यस्तै इंग्ल्याण्ड र जर्मनी वेम्वलीमा खेल्न लागेको यो १३औं पटक हो । यसअघि भएका १२ खेलमा जर्मनीले ६ खेल जित्दा इंग्ल्याण्डले ४ खेल जितेको छ र २ खेल बराबरीमा सकिएको छ ।समग्रमा यी दुई टोलीबीच अहिलेसम्म ३२ खेल हुँदा दुवैले समान १३ खेल जितेका छन् । ६ खेल भने बराबरीमा सकिएको थियो । वेम्वलीमा जर्मनी र इंग्ल्याण्डको खेल हेर्न ४० हजार दर्शक उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu