ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकका सिस्टम ह्याक गर्ने चेतावनी फेक सूचना – सहप्रवक्ता पोखरेल


एबीसी / संवाददाता
७ श्रावण २०७८, बिहिबार   १२ : ०३   बजे

काठमाडौं, ७ साउन ।  नेपाल राष्ट्र बैंकसहित विभिन्न १५ बैंकका सिस्टम ह्याक गर्ने चेतावनी दिईएको छ । ह्याकरले नेपाल राष्ट्र बैंक सहित अन्य बैंकका उच्च अधिकारीलाई चेतावनीसहितको पत्र समेत पठाएको बुझिएको छ । उक्त पत्र राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितलाई पुगेको बताईन्छ । बुधबार आएको पत्रमा नेपालका १५ बैंकको सिस्टम ह्याक गर्ने र यसलाई हल्का रुपमा नलिन चेतावनी दिइएको छ।

ह्याकरले पत्रमार्फत यदि ठूलो क्षतिलाई रोक्न चाहे बिहीबारदेखि ४८ घण्टासम्म सबै शाखा बन्द गर्न भनेको छ। ह्याकरले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गर्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो।

प्रवक्ता ढकालले यसबारे सबै बैंक तथा सरोकारवालालाई सूचना दिइसकिएको भन्दै आफूहरुले सुक्ष्म रुपमा यसमा अनुसन्धान गरिरहेको बताएका छन्। यता राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए।

‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’ उनले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताए। ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र? यसबाट आतंकित हुनु पर्दैन,’ उनले भने। नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group