ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गन्धर्वको पेशा नै ‘गायब’ !


admin
२० पुस २०७४, बिहिबार   ९ : ५५   बजे

तुलसीपुर, दाङ, २० पुस । परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ ।

बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।

“पहिलेका जमिनले प्रशस्त अन्न दिन्थे । त्यसैबाट परिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारंगी बोकेर गाउँ हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली गर्छन् । त्यो जवाफले त शरम पनि लाग्छ”, तुलसीपुर उपमहानगरपालिका–४ गणेश टोलका ४५ वर्षीय गणेश गन्धर्व गुनासो गर्छन् ।

बीस वर्ष पहिलेदेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्र एवं तुलसीपुर, घोराही र लमहीका बजार क्षेत्रमा गीत गाउँदै गणेश राज्यले पनि आफूजस्ता वर्गलाई राहतका कुनै कार्यक्रम नदिँदा गाउने पेशाबाट खानलाउन नपुग्ने अवस्था आएको बताउँछन् ।

तीसदेखि ३५ घरधुरी रहेको गणेश टोलमा करिब ४०० गन्धर्व बसोबास गर्छन् । अहिले १२ देखि १५ परिवारले मात्र यो पेशा अंँगालेका छन् । उनीहरु कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छन् ।

अहिलेका पुस्ताले गायन पेशाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउन सक्ने चिन्ता गणेश टोलका ५५ वर्षीय खुनी गन्र्धवलाई छ । गन्धर्वको युवापुस्तालाई पुख्र्याैली पेशाबाट आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उनको भनाइ छ ।

आफ्ना पुर्खा सल्यानको हिउल्चाबाट दाङमा आएको बताउने सोही टोलका ४० वर्षीय मनोज गन्र्धव हातमुख जोर्न मुश्किल भएपछि पलायन भएका गन्धर्व हाल तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा बसोबास गरेको बताउँछन् । अहिले उनीहरुले पुरानो पेशा छाडेर ज्यालादारी, मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

मनोजले पहिले माना, मुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानमा पुग्ने गरेको भए पनि हाल सो पेशाबाट घरपरिवार पाल्न नसकिने भएपछि तुलसीपुरमा मजदुरी पेशा अँंगालेर परिवार पाल्ने गरेको बताए ।

हातमुख जोर्न अप्ठेरो परेका गणेश, खुनी र मनोज गन्धर्व मात्र होइन, जिल्लाका संस्कृतिविद्ले पनि गन्धर्व जातिसँग जोडिएर आएका संस्कृतिको एक सुन्दर पक्ष लोप हुन लागेकामा चिन्ता व्यक्त गरेका छन् ।
सल्यान हिउल्चा घर भएका महेन्द्र गन्धर्व भन्छन्, “गाइनेले आजभोलि गायकगायिकाले गाएका गीत मात्र गाउने र आफूले खास मेहनत नगरेका कारण गीतिशैली हराइसकेको छ ।” पहिला पहिला सल्यानको हिउल्चामा ४५ देखि ५० घर परिवार रहेका गन्धर्वमध्ये अहिले धेरैले पेशा छाडेर पलायन भइसकेका छन् ।

महेन्द्र भन्छन्, “कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने कर्खा भाका अहिले सबैलाई गाउन आउँदैन । नयाँ गायकको नक्कलले लोकप्रिय कर्खा हराउन लागिसक्यो ।”
गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले गन्र्धवसँगै नेपाली संस्कृतिको एउटा अध्याय मेटिन थालेको यहाँका संस्कृतिविद् बताउँछन् । उनीहरु भन्छन्, “समाजमा भएका विकृतिजन्य अपराधलाई सारंगीको मीठो धुन अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशा संरक्षण गर्न सबैले पहल गर्नुपर्छ ।”

संस्कृतिविद् डा गोविन्द आचार्य भन्छन्, “गन्धर्वको गीतसंगीतलाई बचाउन रेकर्डिङको सुरक्षित व्यवस्था र सम्मानपूर्वक बाँच्ने व्यवस्था तथा उनीहरुलाई राहत दिलाउने कार्यक्रम राज्यले दिनुपर्छ । त्यसका लागि गन्धर्व स्वयं पनि क्रियाशील बन्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बिम्बमा ‘दुई बालेनको कथा’:धरातलमा “रवि–बालेन संयुक्त कम्पनी”

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu