ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई १३५ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट


एबीसी / संवाददाता
२२ भदौ २०७८, मंगलबार   ३ : ४०   बजे

काठमाडौं । पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले जितका लागि १३५ रनको सामान्य लक्ष्य पाएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आज शुरु भएको खेलमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सवै विकेट गुमाएर १३४ रन बनायो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, किप्लिन डोरिगाले १५, चाड सोपरले अविजित १७, सेसे बाउले १४ र कप्तान असाद भालाले ४ रन मात्र बनाउनुभयो । टोनी उरा र नोसिना पोकाना एक एक रनमा समेटिनुभयो भने जासन किला र डामिन राभु रन नबनाइकनै पेभेलियन फर्किनुभयो । पपुवा न्युगिनीको पारीलाई न्यून स्कोरमा खुम्च्याउने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । यस्तै आजको खेलमा डेब्यू गर्नुभएका विक्रम सोबले दुई विकेट लिनुभयो । कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो । नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिसम्म ६ ओभरमा बिनाकुनै विकेट २९ रन बनाएको छ । प्रारम्भिक ब्याटस्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले अहिले ब्याटिङ गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu