ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति


एबीसी / संवाददाता
७ आश्विन २०७८, बिहिबार   १० : ५०   बजे

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ । संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो । “हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ ।”

संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुुङ्गा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताउनुभयो । उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू–गर्भ विभाग काठमाडौँलाई पत्र पनि पठाएको छ । त्यस स्थानबाट चुनढुङ्गा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उहाँले बताउनुभयो । “यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पु¥याउन सक्छौँ ।”

तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उहाँले बताउनुभयो । विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन् । त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group