ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपालमा अबको समस्या मल भण्डारण र वितरण हो’


एबीसी / संवाददाता
११ आश्विन २०७८, सोमबार   ६ : ०८   बजे

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ । सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौं साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताउनुभएको हो । उहा“ले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहा“ जम्मा गरेर राख्ने भन्ने मुख्य विषय रहेको बताउनुभयो । उहा“ले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाएर अघि बढ्ने बताउनुभयो । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै दिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलको कुरा गर्दा फार्म, फर्म र फ्याक्ट्री आवश्यक रहेको बताउनुभयो । यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको उहाले औंल्याउनुभयो । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उहा“ले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरु भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाउनुभयो । उहा“ले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गर्नुभयो । उहा“ले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गर्नुभयो । प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group