ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कर्मचारी ५ जनाविरुद्ध भ्रष्ठाचार मुद्दा दायर


एबीसी / संवाददाता
१३ आश्विन २०७८, बुधबार   ६ : ३४   बजे

काठमाडौं । फर्जी नामावली र बील भरपाई खडा गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको अभियोगमा उदयपुरका तत्कालीन पाच गाविससचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगरी पा“च वर्षसम्म नक्कली बील भरपाइ बनाएर १६ लाख ४० हजार ५ सय हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार तत्कालीन सचिव रही हाल मालपोत कार्यालय उदयपुरका नासु केशवप्रसाद आचार्य, हाल रौतामाई गाउ“पालिका– ७ का वडासचिव लोकेन्द्र कार्की, हाल तथ्यांक कार्यालय, उदयपुरमा कार्यरत खरिदार विशाल सुन्दास, हाल रौतामाई गाउ“पालिकाका अधिकृत माधवप्रसाद खतिवडा र हाल अवकासप्राप्त शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध छुट्ट्छुट्टै बिगो दावीसहित मुद्दा दायर गरिएको हो ।

उनीहरूले गाविसमा ८/१० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको उजुरीको आधारमा छानविन गर्दा दोषी देखिएको अख्तियारबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group