ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दसैँसँगै महँगी बढ्यो, बजारमा रौनक बढेन


एबीसी / संवाददाता
२१ आश्विन २०७८, बिहिबार   २ : ४८   बजे

काठमाडौं । आजबाट दसँैं सुरु भएको छ । दसैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । विगत दुई वर्ष अघिसम्म दसैँ सुरु हुनुभन्दा १५÷२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दसैँं सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । कोरोना भाइरस सङ्क्रमणको त्रास र आम उपभोक्तासँग आम्दानी कम भएकाले अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्नेको सङ्ख्या कम भएपछि व्यापार बढ्न नसकेको व्यापारीको भनाइ छ ।

सधैँ भीडभाड हुने न्यूरोड, इन्द्रणी टोल, क्याम्पस चोक, पिपलचोक, कालीपुल, सङ्गमचोक र बालमन्दिर चोकलगायत जिल्लाका ग्रामीण बजारमा सामान किनमेल गर्ने ग्राहकको सङ्ख्या अझै बढ्न सकेको छैन । दसैँ आइसक्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारी बताउँछन् । रेडक्रस मार्गको कपडा पसलका सञ्चालक प्रकाश सापकोटाले यो वर्ष खासै लत्ताकपडाको कारोबार बढ्न नसकेको बताउनुभयो । “दसैँको बेला अन्य मौसमको तुलनामा दोब्बर÷तेब्बर कारोबार हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यो वर्ष नयाँ कपडा नआएको र कोभिडका कारणले गर्दा आम मानिससँग आम्दानी कम हुँदा आवश्यक पर्नेले मात्र सामान किन्ने गरेकाले पनि व्यापार राम्रो छैन ।”

व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दसैँमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको सापकोटाले जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अनुसार बेनीमा करिब दुई हजार पसल दर्ता भएका छन् । चाडपर्वको बेला खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले पनि यो वर्ष दसैँको सामान किनमेल गर्नेको खासै चहलपहल नबढेको बताउनुभयो । दसंँैमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीले बताएका छन् । कोभिडका कारण गतवर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपाली भने केही व्यापार भइरहेको व्यवसायीको भनाइ छ ।

चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँङ्गिएको व्यवसायीको भनाइ छ । गतवर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक दुई हजार ५०० सम्म पर्ने बेनी पिपलचोकका व्यवसायी निर्मल खत्रीले बताउनुभयो । यो वर्ष बजारमा अधिकांश सामानको मूल्य बढेको उहाँको भनाइ छ । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

बेत्रावतीमा बाढीले पुरिएको घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाइँदै

जलवायु अभियन्ता अटलदेव ढकाल ग्लोकल टिन हिरो दक्षिण एसिया विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu