ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्छ– अध्यक्ष ओली


एबीसी / संवाददाता
६ कार्तिक २०७८, शनिबार   ४ : ३८   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताउनुभएको छ ।

पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”

अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताउनुभयो । “पार्टीमा केही समयअगाडि देखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,” उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पु¥याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पु¥याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।”

अध्यक्ष ओलीले पार्टीविरुद्धको आन्तरिक र बाह्य साँठगाँठले पार्टी सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रथम विधान महाधिवेशनले राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेपछि पार्टीलाई थप उर्जा प्राप्त भएको बताउनुभयो । उहाँले बाढी पहिरामा परेकालाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै बालीनाली नोक्सानले किसानको जनजीवनमा असहजता पैदा भएको र घाइतेको उपचारमा ढिलासुस्ती नगरी जनतालाई राहत सुविधा पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वडा कमिटी आधारभूत कमिटी भएको र जननिर्वाचित प्रतिनिधिको कार्यथलोका रुपमा रहेको बताउँदै उहाँले जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले वडा कमिटीको बेग्लै महत्व रहेको उल्लेख गर्नुभयो । “वडा कमिटी नेतृत्व विकास, कार्यदक्षता र समावेशी सन्दर्भमा यी अधिवेशनको विशेष महत्व रहेको छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समृद्धि नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने हिसाबले नमूनाका रुपमा पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । “लोकतन्त्र भनेको कस्तो हुन्छ र कसरी अभ्यास गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “सत्ता र प्रतिपक्षको भूमिका, राजनीतिक दल र तिनका जनवर्गीय सङ्गठनको भूमिका कस्तो हुनुपर्दछ । राज्य र राज्यको अङ्गको भूमिका कस्तो हुनुपर्दछ । त्यसले लोकतन्त्रको सही व्यख्याका साथ अगाडि बढउनुपर्दछ ।”

अध्यक्ष ओलीले पार्टीले स्वच्छता र पारदर्शिता जस्ता कुरा अँगाल्नुपर्नेमा जोड दिदैं एमालेले लोकतन्त्रलाई भन्ने कुरा र अपनाउने कुरालाई फरक नमान्ने बताउनुभयो । “हामी लोकतन्त्रलाई अर्कै स्वच्छचारिता मान्दैनौँ”, उहाँले भन्नुभयो, “लोकतन्त्र विधि र कानुनको शासन हो । त्यो विधि र रीति पु¥याउने कुरा जीवन्त ढङ्गले पालना गर्नुपर्दछ ।” उहाँले लोकतान्त्रिक प्रणालीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । “प्रतिस्पर्धा अस्वच्छ होइन, स्वच्छ हुनुपर्दछ । जालझेल कपट होइन । राज्यका अङ्गको अनुचित दुरुपयोग गरेर होइन,” उहाँले भन्नुभयो, “सबैको सदुपयोग गरेर मात्र लोकतन्त्रको मूल्यमान्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्दछ ।”

अध्यक्ष ओलीले चारैतिरबाट पार्टीको उद्देश्य र आन्दोलनलाई हमला भइरहेको र त्यसको प्रवाह राष्ट्रको समुन्नत उज्ज्वल भविष्यमाथि परिरहेको उल्लेख गर्दै छलकपटपूर्ण हमला बाबजुद पनि सबै ठाउँमा पार्टी मजबुद रहेको दाबी गर्नुभयो । “हामी संसद् र एउटा प्रदेशबाहेक अरूभन्दा ठूलो शक्तिमा छौँ । स्थानीय तहमा पनि ठूलो नै छौँ । हाम्रो गणना एक नम्बरमा नै हो । राजनीतिक, वैचारिक ढङ्गले हामी देशको ठूलो पार्टी हाँै”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउने तयारीमा रहेको बताउनुभयो ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज देशभरि करिब ६ हजार ५०० वडामा वडा कमिटी अधिवेशन गर्दैछ । यस्तै यही कात्तिक ९ गते स्थानीय तहको अधिवेशन गरिने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu