ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप ४०८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


एबीसी / संवाददाता
१४ कार्तिक २०७८, आइतबार   ५ : ०३   बजे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७३१ जनामा पिसिआर परिक्षण गर्दा ३७६ जना र २१६८ जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९१ हजार ७८७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४०७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९९ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा ४४ लाख २० हजार ७७४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ६१ हजार १२० एन्टीजेन परीक्षण गरिएको छ भने २११ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ६८ हजार ५९२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७१ लाख ८९ हजार ६८९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu