ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भयो– अध्यक्ष ‘प्रचण्ड’


एबीसी / संवाददाता
१५ कार्तिक २०७८, सोमबार   ६ : ५८   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताउनुभयो ।

“संविधानको सकारात्मक विषय तथा सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउनेलगायत काम गत सरकारले ग¥यो”, उहाँले भन्नुभयो, “विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू मुलुक परिवर्तनसँगै संविधान बनेपछि सुध्रिए होलान् भनेको, तर सुध्रिएनन् ।”

परिवर्तन देख्न नचाहने शक्ति सलबलाइरहेको भन्दै उहाँले परिवर्तनका लागि लडेका राजनीतिक दल र नेतृत्व ढुक्कसँग बस्न नहुने बताउनुभयो । राजनीतिक परिवर्तनमा कर्मचारीको संयन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनको रक्षाका लागि चनाखो भएर बस्न आग्रह गर्नुभयो । अघिल्ला सरकारले रोकेका सबै विधेयक गठबन्धन सरकारले अगाडि बढाउने जानकारी दिँदै अध्यक्ष दाहालले सरकारले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताउनुभयो । “समितिबाट पारित भएर आएका विधेयक तत्कालीन प्रधानमन्त्रीले रोकेर राखे, हामी ती सबैलाई अगाडि बढाउनेछौँ”, उहाँले भन्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन कसरी गराउने भन्नेमा राजनीतिक दलबीच छलफल शुरु भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राज्यलाई कम भार पार्ने, जनतालाई कम दुःख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेशअनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने ग¥यो भने धेरै षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ, पहिला स्थानीय तह र त्यसपछि सङ्घको निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी बौद्धिक वर्ग भएकाले जनताको पक्षमा निर्धक्क भएर काम गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौँ विशेषाङ्क विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group