ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण हुँदै


एबीसी / संवाददाता
२३ मंसिर २०७८, बिहिबार   ५ : २०   बजे

झापा । अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिकको अनावरण हुने भएको छ ।

यसअघि विसं २०७६ चैत १६ गते र विसं २०७७ वैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिए पनि कोभिड–१९ को सङ्क्रमणका कारण स्थगन भएको थियो । दुईपटकसम्म स्थगन गरिएको शालिकको अनावरण यही मङ्सिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको रु २० लाख साविक जिल्ला विकास समितिको रु पाँच लाख र विभिन्न दाताहरूबाट सङ्कलन भएको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा लिङ्देनको शालिकसँगै माङहिम ९किराँत धर्मावलम्बीहरूको मूल मन्दिर, धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले छ कठ्ठा जमिनमा सो संरचना निर्माण गरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय विभूति लिङ्देनको शालिक एउटै ढुङ्गालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको बताउनुभयो । लिङ्देनको छ फिट उचाइ रहेको शालिक निर्माणमा मात्र रु १० लाख खर्च भएको उहाँको भनाइ छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती, किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले आउने कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानले सातवटा उपसमिति गठन गरेको छ । देशकै नमूना प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य लिएको माङहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजना रहेको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताउनुभयो ।

कार्यक्रमस्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरूको शिवालय, प्रकृति पूजक मगर र चौधरीलगायत विभिन्न जातजातिका धार्मिकस्थल रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group