ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित


एबीसी / संवाददाता
१ पुस २०७८, बिहिबार   ६ : २८   बजे

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा भारी मतान्तरले गगनकुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीका अर्का महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापा १४ औं महाधिवेशनमा सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर महामन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यस्तै, १ हजार ९ सय ८४ मत ल्याउ“दै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुनुभएको छ । महामन्त्री पदमा पराजित उम्मेदवारहरुमा डा. प्रकाशशरण महत १ हजार ५ सय ५० मतसहित तेस्रो स्थानमा रहनुभयो भने प्रदीप पौडेल भने १ हजार ४ सय ९ मतसहित चौथो स्थानमा र डा.मीनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राजाराम कार्कीले १ सय ७ मत प्राप्त गर्नुभएको छ ।

डा. महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बन्नुभएको थियो भने डा. रिजाल र थापा भने कोइराला प्यानलबाट बन्नुभएको थियो । त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार बन्नुभएको थियो । जितपछि पार्टी कार्यालय सानेपा पुग्नुभएका शर्माले सञ्चारकर्मीहरुस“ग कुरा गर्दै आफ्नो जीत एउटा व्यक्तिको वा गुटको विजय नभएर सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नया“ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको बताउनुभयो । फरक फरक विचार समूहमा रहेका सबैको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गा“स्नु भएको उहा“ले बताउनुभयो । यसअघि सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो ।

दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए । सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । यसैबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सह–महामन्त्रीको मतगणना शुरु भएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group