ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न परीक्षार्थीको माग


एबीसी / संवाददाता
११ पुस २०७८, आइतबार   ३ : ०३   बजे

काठमाडौं । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् ।विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् । भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले जानकारी दिनुभयो । “परीक्षाको कार्यक्रम तत्काल अगाडि बढाउन आग्रह गर्दै पटक–पटक ताकेता गर्दा पनि अगाडि नबढेपछि हामी सडकमा आउन बाध्य हुनुपरेको हो,”– अर्यालले भन्नुभयो ।

कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उहाँको भनाइ थियो । भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताउनुभयो । “लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको हो,” उहाँले भन्नुभयो । विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu