ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीमा पदाधिकारी १५ जना प्रस्ताव, उपाध्यक्ष मात्रै सातजना


एबीसी / संवाददाता
११ पुस २०७८, आइतबार   ६ : २४   बजे

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ ।
आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवारदेखि सुरु भएको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताउनुभयो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । प्रस्ताव पेश भएपनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताउनुभयो । केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताउनुभयो । सहमती हुन नसकेमा निर्वाचनमा जाने उहाँको भनाई छ । बैठकमा तीन सदस्यहरुले वैचारिक विषयमा आफ्नो फरक धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने माग गरेका थिए । पेरिसडा“डामा भएको बैठकमा राम कार्की, परशुराम तामाङ, धर्मदत्त देवकोटासहितका नेताहरुले वैचारिक विषयमा आफूले अघि सारेको धारणामाथि महाधिवेशनमा छलफल हुनुपर्ने माग गरे । बैठकपछि एक केन्द्रीय सदस्यले तीनै जना नेताहरुले आफ्नो विचारमाथि दमन नगरियोस् भन्ने कुरा उठाउनु भएको जानकारी दिनुभयो । बैठकमा देवकोटाले साउनमा भएको केन्द्रीय समितिमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल नै नभएको गुनासो गरेका थिए ।

अध्यक्षको प्रतिवेदनमा आफूले उठाएको विषय समावेश रहेनछ भने वैचारिक विषयमा फरकमत महाधिवेशनमा जाने देवकोटाको भनाइ रहेको ती केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले भने कसैको विचारलाई पनि नदबाइने बताउनुभएको र फरक विचारहरुलाई बन्द सत्र हलमै धारणा राख्न दिने भन्नुभएको ती केन्द्रीय सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group