ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट


एबीसी / संवाददाता
२१ पुस २०७८, बुधबार   ६ : ४२   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।आज काठमाडौंमा आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भन्दै प्रश्न गनुभयो । देउवाले आफू निकटका पराजित उम्मेदवारहरुलाई केन्द्रीय समितिमा ल्याएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाएको हो । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताउ“दै उहा“ले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहा“ले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उहा“को भनाई छ । नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताउनुभयो । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने दावी उहा“ले गर्नुभयो । एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उहा“ले उल्लेख गर्नुभयो । उहा“ले आफ्नो समुह पार्टीको निर्णय गर्ने ठाउ“मा प्रभावकारी हुन नसकेपनि पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावसम्म गठबन्धन भने कायमै रहने भए पनि कांग्रेसले निर्वाचन भने एक्लै लड्ने बताउनुभयो । महामन्त्री गगन थापाले आफ्नो समूहको शक्ति कांग्रेस केन्द्रीय समिति भन्दा बाहिर रहेको दाबी गर्दै ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न नसक्ने बताउनुभयो । भेलामा उपसभापति धनराज गुरुङ्, महामन्त्री थापा, सहमहमन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलगायतका शेखर पक्षबाट महाधिवेशनमा उम्मेदवार भएका सबैजसो नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group