ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा शुक्रवार  ९ जना कोरोना  सङ्क्रमित  


एबीसी / संवाददाता
२३ पुस २०७८, शुक्रबार   ४ : १७   बजे

वीरगञ्ज । शुक्रवार बिहान २ घण्टाको अवधिमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको ईनर्वामा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्मको अवधिमा सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् । ३५ देखि ६० वर्ष उमेर समूहका रहेको ईनर्वास्थित हेल्थ डेस्क इन्चार्ज डा. अनिषा महतोले  बताउनुभयो  ।

 

डा. महतोका अनुसार सबै जना घुम्ने र बेलुका फर्किने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए । कोभिड पुष्टि भएका ९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका थिए । खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम नपाली स्वास्थ्य सतर्कता अपनाउन पनि डा. महतोले आग्रह गर्नुभएको छ  ।

यसअघि बिहीवार ३ सय ६० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौँ, नवलपुर, चितवनका १/१ जना र ३ जना भारतीय गरी ६ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक औसतमा साढे ४ सय जनासम्मको परीक्षण हुने गरेको छ ।

संक्रमण पुष्टि भएकाहरूमा   लक्षण देखिएको छैन । उनीहरूलाई होम आइसोलेट गर्ने गरी परिवारसँग समन्वय गरेर गाडी रिजर्भ गरी पठाउने गरिएको डा. महतोले बताउनुभयो  ।

 हेल्थ डेस्कमा अहिले १२ जना कर्मचारी कार्यरत छन् । उनीहरुले पालैपालो गरेर समय विभाजन गरी काम गरिरहेका छन् । भने कर्मचारीको लागि खानेपानीको अभाव र शौचालयको समस्या रहेको डा. महतोको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group