ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रचण्ड सहित माओवादी महाधिवेशनमा सय बढीलाई कोरोना सरेको आशंका: केन्द्रीय कार्यालय नै बन्द


एबीसी / संवाददाता
२४ पुस २०७८, शनिबार   ११ : २१   बजे

काठमाडौँ,  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले शुक्रबार साँझ फेसबुक स्टाटस राख्दै भन्ननुभयो  ‘कोरोना पल्कियो जस्तो छ, आक्रमणमा तेस्रोपटक परियो,  साथसंगतका साथीहरु सचेत रहनुहोला’ उहा मात्र होइन, माओवादीको केन्द्रीय समितिमा नवनिर्वाचित सदस्य लालकुमारी पुन, बुद्धि जिसि, डोरप्रसाद उपाध्याय, सुबोध श्रीपाली लगायतलाई कोरोना भएकोले सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह गरिएको छ। अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई समेत एन्टीजेन्ट परिक्षण गर्दा कोरोना पोजेटीभ आएको एक स्रोतले जनाएको । उहाको  शुक्रवार साँझ परिक्षण गरिएको थियो ।

पुस ११ देखि १८ गतेसम्म चलेको माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सहभागी १७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक संजालमा सूचना राखिएको  छ। माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह, महासचिव तथा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, गोपाल शर्मा, महाधिवेशन प्रतिनिधि देविप्रसाद ढकाल लगायतले कोरोना जस्तै लक्षणले बिरामी भएको सन्देश राख्नु  भएको  छ । नेता हरिबोल गजुरेल पनि सन्चो नभएको भन्दै आराम गरिरहनुभएको छ । नेत्री गंगा पराजुली अस्पताल भर्ना हुनुभएको छ। यस्तै वाइसीएलका चितवन नेता अविरल पोखरेल पनि अस्पताल भर्ना हुनुभएको  छ ।

उर्जा मन्त्री पम्फा भुसालको सचिवालयमा कार्यरत मदनकुमार गौतम, विद्यार्थी नेता पवन कार्की, वाइसीएलका संयोजक सुमन देवकोटा, बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे, नेता धनप्रसाद मैनाली पनि बिरामी हुनुहुन्छ । माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो  । केन्द्रीय कार्यालयको क्यान्टिन, लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ। एक हप्तासम्म चलेको महाधिवेशनमा खटिएका विभिन्न मोर्चाका स्वंयसेवक, नेताहरु बिरामी भएर आराम गरिरहेका छन्। महाधिवेशनमा सहभागी दर्जनौंलाई सन्चो नभएपछि माओवादी केन्द्रको २५ गतेको लागि तय भएको केन्द्रीय समिति बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ।

काठमाडौं उपत्यकामा शुक्रबार करिब एक हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ। संक्रमण बढेसँगै उपत्यकामा सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group