ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमण बढेपछि जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित


एबीसी / संवाददाता
११ माघ २०७८, मंगलबार   २ : १५   बजे

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।

सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।

प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन । जसबाट सङ्क्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ । उहाँले भन्नुभयो, “प्रशासन कार्यालयका केही कर्मचारी सङ्क्रमित भएर आइशोलेशनमा रहेको र अन्य केही कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ । जसबाट सङ्क्रमण जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेकका प्रशासनका नियमित सबै सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेका छौँ ।” यसैगरी मालपोत कार्यालयको सेवा पनि आजदेखि माघ १७ गतेसम्मका लागि स्थगन गरिएको छ । कार्यालयका अनुसार नियमित कार्यसम्पादनको क्रममा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमित भएको र थप केहीमा लक्षण देखिएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नापी कार्यालयको सबै सेवा पनि आजदेखि आगामी माघ १७ गतेसम्म बन्द गरिएको छ । कार्यालयका सूचना अधिकारी प्रदीपकुमार श्रेष्ठले कार्यालयका कर्मचारी सङ्क्रमित भएको तथा मालपोत कार्यालयको सेवा पनि स्थगन भएको अवस्थामा दुवै कार्यालयबाट प्रदान गरिने सेवा अन्तरसम्बन्धित भएकाले नापीको सेवा बन्द गरिएको जानकारी दिनुभयो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा पनि प्रभावित भएको छ । कार्यालयका तीन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्यमा लक्षण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सीमित सेवाबाहेक अन्य बन्द गरिएको बताइन्छ । यातायात कार्यालय सबैभन्दा बढी सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । कार्यालयले सवारी चालक अनुमतिपत्रको नवीकरण माघ १३ गतेदेखि सुरु हुने तथा प्रयोगात्मक परीक्षा ९ट्रायल० उत्तीर्णहरूको राजस्व लिनेबाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ । कास्कीका स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । माछापुच्छ«े र मादी गाउँपालिकाले सूचना जारी गरी एक साताका लागि सेवा बन्द गरिएको जनाएको छ । कास्कीमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमण बढिरहेको छ । पछिल्लो समय महामारीविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कास्कीमा पछिल्लो २४ घण्टामा महिला २१६ र पुरुष २४० गरी ४५६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र १८६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group