ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना अपडेट : पाँच हजारभन्दा बढी सङ्क्रमित, आठ हजार मुक्त


एबीसी / संवाददाता
१८ माघ २०७८, मंगलबार   ८ : ०१   बजे

काठमाडौँ, १८ माघ । पछिल्लो २४ घण्टामा पाँच हजार ५८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार २६७ कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको पिसीआर परीक्षण गरिएको थियो । निको हुने दर ९१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ७५२ जनाको मृत्यु भएकोे छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १५ जिल्ला छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बागलुङ, तनहँु, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत छ । हाल होम आइसोलेसनमा ७३ हजार १७८, संस्थागत आइसोलेसनमा एक हजार ४७५, आइसियुमा २७९ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा तीन लाख ९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख चार हजार ३३३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu