ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातारको हिमपातले जनजीवन कष्टकर


एबीसी / संवाददाता
१९ माघ २०७८, बुधबार   ५ : ०४   बजे

मङ्गलबारे, १९ माघ । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।

यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ । सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनु परेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताउनुभयो । यस पटक नयाँ बजारसम्म हिउँ परेको उहाँले बताउनुभयो । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चीसो बढेको स्थानीयवासीको भनाइ छ ।

यस पटक धेरै तल अर्थात माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ । त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ । गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ । लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्नेलगायतका काम हुने गरेका छन् । तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group