ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु


एबीसी / संवाददाता
२१ माघ २०७८, शुक्रबार   ५ : १०   बजे

काठमाडौँ, २१ माघ । काठमाडौँको टोखा नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र फोटो खिचाउने कार्य सुरु भएको छ । सरकारबाट प्रदान हुने विभिन्न आवश्यक सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेसँगै टोखाले आजदेखि राष्ट्रिय परिचयपत्रको विवरण भर्ने र फोटो खिचाउने काम सुरु गरेको हो ।

नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाका बासिन्दालाई राष्ट्रिय परिचयपत्र सहज ढङ्गले वितरण गर्नका लागि व्यक्तिको विवरण भर्ने र फोटो खिचाउने काम नगरपालिकाबाटै सुरु गरिएको जानकारी दिनुभयो । परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्रको सक्कल, बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा वडा कार्यलयको सिफारिस, राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि, बसाइँसराइको हकमा बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल आवश्यक पर्ने सो नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण भर्न र फोटो खिच्ने कार्यका लागि सम्बन्धित व्यक्ति टोखा नगरपालिकाको बासिन्दा हुनुपर्ने उपप्रमुख डङ्गोलले बताउनुभयो । टोखामा नगर बालसञ्जाल पुनर्गठन भएको छ । दुई वर्ष पहिले स्थापना भएको नगर बालसञ्जाललाई आज पुनर्गठन गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । उपप्रमुख डङ्गोलका अनुसार पुजा तामाङको अध्यक्षतामा ९ सदस्यीय नगर बाल सञ्जाल पुनर्गठन गरिएको हो । बाँकी दुई सदस्यपछि थप्नेगरी बालसञ्जाल पुनर्गठन गरिएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै, टोखाले सबै वडा र विद्यालयमा बालसञ्जाल पुनर्गठन गरिसकेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group