ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष कोरोना र राजनीतिक सङ्क्रमणले काम गर्न दिएन : सभापति विडारी


एबीसी / संवाददाता
२२ माघ २०७८, शनिबार   १२ : १७   बजे

काठमाडौँ, २२ माघ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही हदसम्म काम गर्न सफल भएको दावी गरेको छ । मुलुकका राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेज व्यवस्थापन, पुरातात्विक, आर्थिक, सामाजिक, सांस्कृतिक र कानुनसँग सम्वन्धित अभिलेख व्यवस्थापन प्रणाली, प्रकिया, सङ्कलन, सङ्ग्रहित र संरक्षणको विषयमा समितिले यसअवधिमा उत्साह र दत्तचित्तकासाथ काम गरेको छ ।

समितिका सभापति रामनारायण विडारीले समिति गठनपछि गरेभएका छलफल, निर्णय र निर्देशनले सहायक कानुन परीक्षण, नयाँ कानुन निर्माण, राष्ट्रिय महत्वका दस्तावेज व्यवस्थापन र सरकारी आश्वासन कार्यन्वयनमा “भाइव्रेण्ट” ल्याएकोे दावी गर्नुभयो । उहाँ आफनो चार वर्षीय कार्यकाल समाप्त गरी आगामी फागुन २१ गतेदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीबाट विदाइ हुँदै हुनुहुन्छ । संसदले प्रत्यायोजित गरेअनुरुप बनाइएका सहायक कानुन अर्थात नियमावली, विनियमावली, कार्यविधि, मापदण्ड, दिग्दर्शन, निर्देशन, निर्देशिका, आदेश, परिपत्रलगायत परीक्षण (अडिट) गर्ने तथा सरकारका तर्फबाट औपचारिकरुपमा व्यक्त भएका कुरा मिल्यो /मिलेन वा कार्यान्वयन भयो/भएन भनी अध्ययन गर्ने जिम्मेवारी समितिको कार्यक्षेत्र भित्र पर्छ । सभापति विडारी भन्नुहुन्छ, “चार वर्षे कार्यकालको सुरुवाती दुई वर्ष देश र जनताका हितका लागि उत्साहका साथ फटाफट काम भयो तर पछिल्ला दुई वर्ष भने कोरोनामात्र होइन राजनीतिक सङ्क्रमणले समेत संसद र संसदीय समितिका बैठक र कामकारवाहीलाई प्रभाव पार्‍याे, राजनीतिक संकटले सदन बस्न सकेन, त्यसको प्रभाव समितिमा पनि पर्न गयो ।” तथापि, यस अवधिमा प्रयायोजित समितिका करिव १५० वैठक बसे ।समितिकै प्रयासले परीक्षा पास गरेर लामो समयदेखि दक्षिण कोरिया जान नपाएर अलपत्र रहेका कामदारको गन्तव्य मुलुकका लागि बाटो खोेलेको, काठमाडौँ –तराई/मधेश जोड्ने दू्रतमार्गमा देखिएको अड्चन खोल्न सहजिकरण गरेको थियो । ‘लालबाकस’लगायतका महत्वपूर्ण पुरातत्व महत्वका सामाग्री र दस्तावेजको खोजी एवं व्यवस्थापनका लागि भूमिका खेलेको जानकारी दिइएको छ ।

कानून बनाउने कर्तव्य र जिम्मेवारीमा रहेका सांसद कुलो, सडक र झोलुङगेपुलका लागि नै व्यस्त हुने कार्यले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन दिन नसक्दा सङ्घीय संसदकै प्रभावकारिता नभएको जस्तो अनुभूति गरेको समिति सदस्यको पनि भनाइ छ । उहाहरु भन्नुहुन्छ, “मुलुकमा अहिले हजारौका सङ्ख्यामा प्रत्यायोजित कानुन छ, ऐन कार्यान्वयनमा ल्याउनको साटो व्यक्ति विशेषको स्वार्थका लागि निर्देशिका जारी गरेर गलत कामको प्रोत्साहन भएको छ, यसलाई रोक्न पर्ने अहिलेको चुनौती हो । ”समितिले सबै सरकारका निकायलाई बनाइएको सहायक कानून १५ दिनभित्र पठाउन, प्रकाशन गर्न, मूल ऐन विपरित कानून नबनाउन, नघटाउने वा नबढाउने काम नगर्न निर्देशन दिएकामा अधिकांश मन्त्रालयले त्यस्ता कानुन अध्ययन र परीक्षणका लागि समितिमा पठाइ सकेका छन् । सभापति विडारी भन्नुहुन्छ, “आफनो स्वार्थका लागि निर्देशिका बनाएर लागु गर्ने प्रवृत्ति मात्रै रोक्न सकिएको खण्डमा ५० प्रतिशत भ्रष्टाचार कम हुन्छ । ओम्नी होस वा नारायणहिटी भाडामा दिने कार्य सहायक कानुनमार्फत भएको छ, समितिबाट यसलाई नियन्त्रण गर्ने कार्य शुरु भएको छ ।” समितिले रासायनिक मल, अखेटोपहार व्यवस्थापन तथा कतिपय मन्त्रालयबाट गरिएका कानुन विपरित गतिविधिलाई सही बाटोमा ल्याउन महत्वपूर्ण कोसिस भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group