ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नुहोस् – गृहमन्त्री खाँण


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   २ : ३१   बजे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावकारी रुपमा कर्यासम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो ।

उहाँले जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिनुभयो । सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उहाँले बताउनुभयो ।

कोभिड–१९ को महामारीका बेलामा आफैँ सङ्क्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदैँ मन्त्री खाँणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गर्नुभयो । कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिनुभयो । जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियो । विशेषगरी पहाडी जिल्लामा सवारी दुर्घटना बढिरहकाले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो । गृहसचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन तथा परिस्थितिअनुरुप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिनुभयो ।

बैठकमा एक प्रदेशबाट एक प्रजिअले वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो । प्रदेश नं १ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेस प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी गण्डकी प्रदेशबाट कास्कीका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेतका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको वस्तुस्थितिकाबारे धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu