ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षणसहितको विकासमा जोड


एबीसी / संवाददाता
२३ माघ २०७८, आइतबार   १२ : ४९   बजे

चितवन, २३ माघ । मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रेस चौतारी नेपाल, चितवन शाखाले यहाँ आयोजना गरेको ‘वन्यजन्तु संरक्षण र विकास : आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । जिल्लामा मानव बस्तीभन्दा पहिला दुर्लभ वन्यजन्तुको बासस्थान भएकाले विकासका नाममा वन्यजन्तुको बासस्थान अतिक्रमण गर्न नहुनेमा उनीहरुको जोड थियो ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्रा कृष्ण काफ्लेले चितवन बाघ र गैँडालगायतका वन्यजन्तुको बासस्थान रहेको र मानव उनीहरुसँग मिलेर बस्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवन वन्यजन्तुको घर हो, हामी उनीहरुसँग मिलेर बस्न आएका हौँ ।” दुई साताअघि पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा सडक विस्तारका लागि खनिएको खाडलमा परेर गैँडा मरेपछि बहस चलिरहेका बेला कार्यक्रमको आयोजना गरिएको हो । काफ्ले मानव उत्पत्तीसँगै प्रकृतिसँग द्वन्द्व सुरु भएको बताउँदै उहाँले भन्नुभयो, “मान्छेले प्रकृतिलाई जितौला भन्ने नसोचे हुन्छ ।” वन र वन्यजन्तुको संरक्षण गर्न नसक्ने हो भने विकराल स्थिति सिर्जना हुने उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो, “७५ प्रतिशत सरुवा रोग जङ्गली जनावरबाट मानिसमा आउँछन् । प्राकृतिक विनास भयो भने नयाँ–नयाँ मुसा, चरा, किरालगायतका जीवको उत्पत्ति हुन्छ र त्यसले मानव जातिमा ठूलो सङ्कट पैदा गर्दछ ।”

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विकास जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, “संरक्षण अनिवार्य हो ।” यहाँको वन र वन्यजन्तु हेर्नकै लागि पर्यटक आउने गरेको चर्चा गर्दै ढुङ्गानाले थप्नुभयो, “त्यही देखाएर हामीले पर्यटकीय गतिविधि सञ्चालन गरेका छौँ, मध्यवर्तीमा रोजगारी सिर्जना भएको छ ।” राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा बाबुराम लामिछानेले साना–साना कुराले संरक्षणको क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो । सडक, रेलमार्ग, विद्युत् ट्रान्समिसनलगायतले वन्यजन्तु संरक्षणमा प्रभाव पारेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पूर्व–पश्चिम राजमार्गमा २७१ किलोमिटर जङ्गल पर्दछ ।” नेपालका आधाभन्दा बढी जनसङ्ख्या तराईमा रहेको र वन र वन्यजन्तुको ठूलो सङ्ख्यामा पनि यही क्षेत्रमा रहेको चर्चा गर्दै लामिछानेले भन्नुभयो, “यही क्षेत्रमा विकास धेरै भइरहेका छन् ।” हामीले बनाउने संरचनामा वन्यजन्तुको भविष्य निर्भर हुने भन्दै उहाँले भन्नुभयो, “वन्यजन्तुको मृत्युको प्रमुख कारण सडक दुर्घटना हो ।” नेपालमा एक वर्षमा दुई हजार ३७४ वन्यजन्तु मारिँदा ६१४ सडक दुर्घटनामा परेर मरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो । उक्त तथ्याङ्क निकुञ्जको मात्रै हो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अपिल घिमिरेलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu