ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले


एबीसी / संवाददाता
८ फाल्गुन २०७८, आइतबार   १२ : २६   बजे

काठमाडौँ, ८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिच्छुहरुले सधैँ कामनासहित पूजाआजा गरिरहनुभएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

मन्त्री आलेले लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुलाई सुरक्षाकर्मी र आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएकाले त्यसो नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस्, यसो गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सरकारद्वारा कारवाही हुन्छ, बौद्ध गुरुहरुलाई सम्मान गर्न म सबैसँग आग्रह गर्छु ।” मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफू र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन दिदैं लुम्बिनीको विकास गर्न सके हजारौँ, लाखौँ पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाही गरेको र वर्षौसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu