ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरीक्षमा जाने टिकटको बुकिङ खुला


एबीसी / संवाददाता
९ फाल्गुन २०७८, सोमबार   १ : ३३   बजे

काठमाडौं, ९ फागुन । भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ ।
पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । उक्त टिकटमार्फत् रकेटमा चढेर ९० मिनेटको अन्तरीक्ष यात्राको मज्जा लिन सकिनेछ । कम्पनीले फेब्रअरी १६ देखि दोश्रो चरणको टिकट बुकिङ खुलाएको हो ।

पहिलो चरणमा विक्री गरिएका टिकटको मूल्य २ देखि अढाई लाख डलरसम्म थियो ।दोश्रो चरणको टिकट बुकिङका लागि तत्काल डेढ लाख डलर तिर्नुपर्नेछ भने बाँकी ३ लाख उडानको अगाडि भुक्तान गर्नुपर्नेछ ।व्यवसायिक अन्तरीक्ष उडान सुरु गर्नु अगाडि १ हजारवटा टिकट बिक्री गर्ने कम्पनीको योजना रहेको सिइओ माइकल कोल्गलेजिएरको भनाई छ ।

गत जुलाईमा कम्पनीका संस्थापक सर रिचार्ड ब्रान्सन सहितको टोलीलाई अन्तरीक्षमा पठाएर भर्जिन ग्यालाक्टिक कम्पनीले व्यवसायिक अन्तरीक्ष पर्यटनको क्षेत्रमा हात हालेको थियो ।तर उक्त उडानका क्रममा ककपिटमा चेतावनी बत्ती निभेको र स्पेस प्लेन यसको पूर्वनिर्धारित क्षेत्रभन्दा बाहिर ४१ सेकेण्डसम्म उडेको भन्ने रिपोट सार्वजनिक भएसँगै त्यसले तरङ्ग उत्पन्न गरेको थियो ।उक्त घटना सार्वजनिक भएसँगै अमेरिकाको संघीय उड्ययन प्रशासनले कम्पनीका सबै उडान ग्राउन्डेड गर्दै अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान पश्चात् गत सेप्टेम्बरमा उड्डयन प्रशासनले भर्जिन ग्यालाक्टिकलाई क्लिन चिट दिएको थियो ।तत्पश्चात् कम्पनीले एक घोषणा गर्दै प्राविधिक सुधारका लागि कम्पनीको व्यवसायिक उडान सेवा सुरुवातमा केही ढिलाई गरिएको बताएको थियो । अब आगामी अक्टोबरदेखि कम्पनीको व्यवसायिक अन्तरीक्ष उडान सुरु हुने अपेक्षा गरिएको छ ।सन् २०१९ मा भर्जिन ग्यालाक्टिक सार्वजनिक कम्पनीको रुपमा आउँदा सन् २०२० सम्ममा व्यवसायिक सेवा सुरु गर्ने बताएको थियो । भर्जिन ग्यालाक्टिक कम्पनीको स्थापना चाहिं सन् २००४ मै भएको हो ।

टिकट बुकिङ पुनः सुरु भएको समाचार सार्वजनिक भएसँगै मंगलबार भर्जिन ग्यालाक्टिक कम्पनीको शेयर मूल्यमा ३० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले आफ्नो लोगोसमेत परिवर्तन गरेको छ ।अन्तरीक्ष पर्यटनको क्षेत्रमा भर्जिन ग्यालाक्टिक कम्पनीको प्रतिस्पर्धीको रुपमा देखिएको जेफ बेजोसको कम्पनी ब्लू ओरिजनले चाहिं हालसम्म सेलिब्रेटी र सस्शुल्क यात्रीका लागिसमेत गरी तीनवटा सफल अन्तरीक्ष उडान गराइसकेको छ । यद्यपि, ब्लु ओरिजिनले आफ्नो रकेटको टिकटको न्यूनतम मूल्य भने खुलाएको छैन । सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group