ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपक अलंकारको महाकाव्य ’विश्रान्त’ सार्वजनिक


एबीसी / संवाददाता
२२ फाल्गुन २०७८, आइतबार   ४ : ४२   बजे

काठमाडाै, २२ फागुन । कवि तथा लेखक रुपक अलंकारको महाकाव्य नविनतम् ’विश्रान्त’ सार्वजनिक भएको छ । फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन् । सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए । कला कृतिको कोटिमा यो महाकाव्य अब्बल रहेको उनले बताए । त्यसैगरी समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए । उनले महाकाव्यमाथि समीक्षात्मक टिप्पणी गर्दै भने, ‘विश्रान्त’ महाकाव्यको काव्यिक र ध्वान्यात्मक हिसाबले पनि उत्कृष्ट रहेको छ । डा. ज्ञवालीले महाकाव्यको विषयवस्तुबारे मुख्य पात्रले भोगेको जीवनचरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको प्रकाश पारे । उनले अगाडि भने, ‘समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह–अवरोहमार्फत समाजको चित्रण गरेको छ । उनले अहिले लेखकहरू साहित्य र समाजका लागि नभई आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भीर आरोप लगाए । यसैबिच अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे ।

यस्तै, समालोचक महेश पौड्यालले सुदूर गाउँबाट अवसरका लागि काठमाडौँ आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए । नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा अक्सर उसमा नैराश्य पैदा भई कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको प्रष्ट्याए । समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो, पौड्यालले भने । पछिल्लो समयमा आएका महाकाव्यभन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए । यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरेको छु । पौड्यालले भने, ‘यस्तो भन्दै गर्दा कृति त्रृटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जवाफको खोजी भने गरेको छैन । अर्का लेखक तथा समालोचक शैलेन्द्र अधिकारीले विश्रान्त महाकाव्यले वर्तमान नेपाली राजनीतिको विसङ्गत पक्षलाई उजागर गरेको कुरा व्यक्त गरे । राजनीतिक परिवर्तनल भए पनि जनताको आकांक्षा भने पूरा हुन नसकेको विषय महाव्यको विषय बनेर आएको कुरा पनि उनले बताए । उनले महाकाव्यको महत्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे । नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाई हुन्छ । जसले गर्दा हामीले महाकाव्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं, अधिकारीले भने, ‘महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

हामी किन गलत राजनीतिज्ञ छान्छौँ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group