ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआरधना


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ६ : ३५   बजे

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा आरधाना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन्। फूल प्रसाद ग्रहणपछि उनले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गरे।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गरे।

राष्ट्रपति कृष्ण मन्दिर पुग्नु हुँदा ललितपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन, प्रदेश सभासद रघुनाथ महर्जनसमेत उपस्थित भएर स्वागत गरेका थिए।

मन्दिरमा दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए। भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ। ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरूमा आज दिनभर नै भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको थियो।

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ। श्रीकृष्ण जन्माष्टमी पर्वले धार्मिक आस्थासँगै नेपालको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई समेत उजागर गर्दै आएको छ।

राजा सिद्धिनरसिंह मल्लको पालामा १७औँ शताब्दीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरमा मल्लकालदेखि नै कृष्ण जन्माष्टमीमा राष्ट्राध्यक्षबाट विशेष पूजाआराधना हुँदै आएको धार्मिक, सांस्कृतिक परम्परा छ। राजतन्त्र रहँदा राजा र राजपरिवारले कृष्ण जन्माष्टमीमा मन्दिर दर्शन गर्ने चलन थियो। विसं २०६५ मा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको भूमिकामा राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता दिने कार्य हुँदै आएको छ। रासस

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआरधना

चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

AfD Poised to Make Historic Gains in Saxony-Anhalt State Election

Beijing-Bucharest-Zagreb Flight Launches Direct Air Link to Central and Eastern Europe

Xi Jinping Congratulates China-Russia Energy Business Forum on 30th Anniversary of Strategic Partnership

Xi Jinping Emphasizes Cultural Exchange During Egypt Museum Visit

China’s Tianwen-3 Mars Mission Prioritizes Search for Life Signs in Historic Sample Return Effort

US Midterms Loom as Critical Deadline for Iran Conflict Escalation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu