ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली संघको विवाद चरमोत्कर्षमा पुग्यो


एबीसी / संवाददाता
२३ फाल्गुन २०७८, सोमबार   २ : ०२   बजे

काठमाडौँ, २३ फागुन । गैरआवासीय नेपाली संघ, एनआरएनएको विवाद चरमोत्कर्षमा पुगेको छ । एकले अर्को पक्षलाई निषेध र दोषारोपण गर्ने क्रम जारी छ । यसैक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समितिले कारबाही गरेका संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न अर्को पक्षले आग्रह गरेको छ । राष्ट्रिय समन्वय परिषद्, एनसीसीका अध्यक्षहरूले दुवै समितिलाई यथावत काम गर्न भनेका हुन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू शेष घले र देवमान हिराचनले बोलाएको बैठकले चार बुँदे प्रस्ताव पारित गर्दै संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् रुपमा काम गर्न आह्वान गरेको हो । बैठकमा गत वर्ष चुनाव भएका ६५ मध्ये ४५ भन्दा बढी एनसीसीका अध्यक्ष तथा पदाधिकारी सहभागी भएको दावी गरिएको छ । बैठकमा संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक डा। शेष घलेले एनसीसीलगायत सबैलाई एकताबद्ध र बलियो एनआरएनए बनाउन आग्रह गर्नुभयो । संस्थाभित्र भत्किएको एकता र सम्बन्धलाई फेरि पुनर्जीवन दिनुपर्ने भन्दै उहाँले संस्थालाई एकजुट गर्न आफूहरुले छिट्टै कदम चाल्ने उल्लेख गर्नुभयो । अर्का पूर्वअध्यक्ष देवमान हिराचनले संघको वर्तमान स्थिति अत्यन्तै चिन्तापूर्ण रहेको भन्दै व्यक्तिगत स्वार्थका लागि बनेको संस्था नभएकाले सबै मिलेर संस्थालाई बचाउनु पर्ने धारणा राख्नुभयो । संघका सल्लाहकार कुल आचार्यले अहिले सत्य र असत्यबीचको लडाइँ चलेको भन्दै उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेजीको निर्णयले संस्थालाई विभाजनतर्फ धकेलेको टिप्पणी गर्नुभयो ।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च २ को बैठकले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग गर्न गरेको निर्णय विधान विपरीत भएको उल्लेख गर्नुभयो । एनसीसी जापान, अमेरिका, बेलायत, क्यानाडा र अष्ट्रेलियालाई शुल्क नतिरे भंग गर्ने भनी पत्राचार गरिएकोमा पनि उहाँको आपत्ति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group