ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदाने गाउँपालिका खरका छानामुक्त


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   १ : २१   बजे

तम्घास, २७ फाल्गुन । गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर सकिएपछि बिहीबार पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो ।

सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गर्नुभयो ।

खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ७२९ परिवारले जस्तापाता लगाएका छन् । उक्त कार्यका लागि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाको रु दुई करोड ८४ लाख ३७ हजार ४२० खर्च भएको छ । आव २०७४/०७५ मा नौ लाख ६९ हजार ७३८, ०७५/७६ मा २३ लाख ७८ हजार ६० एवं ०७६/०७७ मा रु एक करोड ६३ लाख ६६ हजार ६२२ खर्च भएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाका कूल ७२९ घरले खरको छाना हटाएर निःशुल्क जस्तापाता लगाएका छन् । गाउँपालिकाको वडा नं १ अग्लुङमा १४१, वडा नं २ बाँझकटेरीमा १८०, वडा नं ३ सिर्सेनीमा १४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन् ।

त्यस्तै वडा नं ४ म्यालपोखरीमा ३२, वडा नं ५ मलयागिरीमा १०७, वडा नं ६ पुर्कोटदहमा ५२ र वडा नं ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र विभिन्न कार्यक्रममार्फत थप ३२५ वटा घर निर्माण गरिएको छ । एकीकृत बस्तीअन्तर्गत १७, भूकम्पपश्चात् निजी आवासअन्तर्गत १४१, सुरक्षित नागरिक आवासअन्तर्गत १२८, जनता आवासअन्तर्गत सात र नमूना बस्तीअन्तर्गत ३२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो ।

सांसद विष्टले गरिबी र अभावका बीचमा पनि ग्रामीण भेगमा जस्तापाता लगाउनु ठूलो सफलता भएको जानकारी दिनुभयो । “खरको छानो भएको घरमा हुने पीडाबाट बाहिर निस्कन सकेका छौँ”, उहाँले भन्नुभयो, “जिल्लाभर सबै पालिकामा खरको छानोमुक्त बनाउने अभियान चलिरहेको छ ।” मदाने खरको छानोमुक्त हुने जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group