ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी


एबीसी / संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार   २ : ५५   बजे

दाङ, २७ फागुन ।  धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन् । भैँसीपालन व्यावसाय शुरु गरेकी उहाँ अहिले नामसँगै दाम कमाउँदै आएका हुन् । व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उहाँसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छन् । उहाँ आफूसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । अहिले उहाँले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारी समेत दिएका छन् ।

पशुपालन पेशाबाट सन्तुष्ट हुनुभएका डाँगीले भन्नुभयो, “यो पेशाबाट वार्षिक करिब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” उहाँको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ । प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उहाँ धेरै व्यस्त देखिनुहुन्छ । परम्परागत रुपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै भैँसीपालनको सुरुआत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ । अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।”

तीमध्ये १० वटा दुना रहेका छन् । ती भैँसीले दैनिकरुपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैँले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उहाँले बताउनुभयो । कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उहाँको भनाइ छ । “विगत छ महिनायता आफैँले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो । दाङमा अहिले दूधको खुद्रा मूल्य रु ८० र दहीको रु ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा रु १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ ।

हिजो मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ ।” डाँगीको फार्ममा अहिलेसम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मूल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ । डाँगीले भन्नुभयो, “आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका हौँ । यसपटक डेरी पनि सञ्चालन गरेकाले त्यो बचत रकम बढ्ने अपेक्षा लिएकी छु ।”

घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको उहाँको भनाइ छ । “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, उहाँले भन्नुभयो । कम लगानीमा छोटो समयमा मनग्ये आम्दानी गर्न सकिने भएकाले अहिले उहाँको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागिसमेत मानिस आउने गरेका छन् । “पढेलेखेका युवा पैसा कमाउनकै लागि जागिर खानैपर्छ वा विदेश नै जानुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उहाँको भनाइ छ ।

राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने धारणा उहाँको छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्नसकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu