ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री शर्माले नैतिकता देखाउलान ? गभर्नर अदालतले पुनर्बहाली गरेपछि अर्थमन्त्री आचार्यले राजीनामा दिएको नजिर


एबीसी / संवाददाता
६ बैशाख २०७९, मंगलबार   ९ : १५   बजे

काठमाडौं । राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि अहिले सर्वत्र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउलान ? भन्ने प्रश्न गर्न थालेका छन् ।

विगतको नजिरलाई समेत लिएर अहिले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सर्वत्र माग भएको छ ।

सरकारले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले काममा फर्किन बाटो खोलिदिएपछि अर्थमन्त्रीको राजीनामाको प्रसंग उठेको हो । अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषदले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सरकारले हटाएको गभर्नर अदालतले पुनर्बहाली गरिदिएपछि अर्थमन्त्रीले राजीनामा दिएको उदाहरण नेपालमै छ।

२०५६ सालको आमनिर्वाचनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । अर्थमन्त्री भने महेश आचार्य ।

आचार्यले रामविनोद भट्टराईलाई गभर्नर बनाउन चाहन्थे भने प्रधानमन्त्री भट्टराई भने तिलक रावललाई । तिलक रावललाई गभर्नर बनाएपछि आचार्यले राजीनामा दिए । त्यसको केही समयपछि भट्टराई नेतृत्वको सरकार ढल्यो ।

त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । त्यसपछि अर्थ र रक्षामन्त्री बने आचार्य । उनले त्यसपछि गभर्नर रावलाई बर्खास्त गरिदिए ।

बर्खास्तगीविरूद्ध रावल सर्वोच्च अदालत गए । सर्वोच्चले उनलाई पुनर्बहाली गरिदियो। गभर्नरका रूपमा रावलको पुनर्बहालीपछि आचार्य अर्थमन्त्रीबाट राजीनामा दिए । त्यसपछि उनले रक्षा मन्त्रीका रूपमा मात्रै काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu