ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयद्धारा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह


एबीसी / संवाददाता
८ बैशाख २०७९, बिहिबार   १ : ३७   बजे

काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ । “कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न÷गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

उहाँले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा सङ्क्रमण

वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा नौ, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

सम्बन्धित

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

संसद् बैठकमा सांसदहरूको गर्जन: नतिजादेखि दुर्घटनासम्मका विषयमा सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

झलनाथ खनालको आह्वान: ‘कम्युनिस्ट आन्दोलनविरुद्ध षड्यन्त्र, अब वामपन्थी एकता अनिवार्य’

विश्वकप २०२६: आजदेखि सुरु हुँदै नकआउट चरणको महाभिडन्त, ‘गर या मर’को प्रतिस्पर्धामा ३२ टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu