ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट


एबीसी न्यूज
२ माघ २०७४, मंगलबार   ९ : ०९   बजे

इनरुवा, २ माघ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको छ । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन समितिको बैठक डाकी लगत विवरणसहित वितरण गरिएका सामग्रीको बारेमा जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुनासो बढेकाले स्थानीय तहमा उपलब्ध गराइएको राहत सामग्री वितरणको लगत प्रशासनमा बुझाउन आग्रह गर्नुभएको हो ।

प्रजिअ पराजुलीले राहत सामग्री राजनीतिक आस्थाको आधारमा वितरण गरिएको र थन्क्याएर राखिएको भन्ने जानकारी प्राप्त भएको भन्दै पीडितको पहिचान गरी प्राथमिकताका आधारमा तत्काल वितरण गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

बैठकमा सहभागी स्थानीय जनप्रतिनिधिले राहत वितरणका लागि उपलब्ध सामग्री अपुग भएकाले वितरणमा समस्या उत्पन्न भएको जानकारी गराएका थिए ।

थप राहत माग गरेका स्थानीय तहलाई प्रशासनले उपलब्ध राहतको पारदर्शीता बेगर अन्य सहयोग नदिने स्पष्ट पारेको छ । सुनसरी प्रशासनले दातृ निकाय र संघसंस्थालाई समेत समन्वय गरी राहत वितरणको कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

बैठकमा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group