ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटे ( कारण यस्तो)


एबीसी / संवाददाता
८ असार २०७९, बुधबार   ८ : ५०   बजे

काठमाडौं, ८ असार ।अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने भएका छन् । वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी हिजो आजदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति नै खारेज गर्ने बताउनुभयो ।

जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहिबाट नै पहिलो उडान भर्नु पर्ने तथा नाइट स्पटका लागि त्यहि बास बस्नु पर्ने निर्णय गरेको थियो । प्राधिकरणमा गएराति बसेको बैठकमा वायुसेवा सञ्चालक संघले सबै उडान सञ्चालन गर्ने सहमती भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले जनाएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार सरकारले ०७९ जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group