ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक आयोगमा नियुक्त भएका ५२ जनाको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


एबीसी / संवाददाता
८ असार २०७९, बुधबार   २ : १९   बजे

काठमाडौँ, ८ असार । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन संवैधानिक निकायमा नियुक्त गरेको ५२ जना पदाधिकारीको नियुक्तिको सक्कल फाईल झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्म्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, अनिल कुमार सिन्हाको संवैधानिक ईजलासलेक संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बदर गर्नुपर्ने माग गरिएको रिटमा सुनुवाई गर्दै आज  राष्ट्रपति कार्यलयबाट नियुक्तिको सक्कल फाईल झिकाउन आदेश गरेको हो ।

त्यस्तै ईजलासले सोही समयमा न्यायापरिषद सदस्यमा नियुक्त भएका राम प्रसाद भण्डारीलाई पनि विपक्षी कायम गर्न आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक ईजलासमा बुधबार वरिष्ठ अधिवक्ता लिनेश त्रिपाठी, अधिवक्ता ओम प्रकाश अर्याल, किर्तीनाथ शर्मा पौडेल र समृत खरेलको रिट एकै साथ राखि सुनुवाई गरिएको हो । २०७७ पुष ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघि तत्कालिन प्रधानमनत्री केपी शर्मा ओली संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारि गरि मानव अधिकार आयागे, निर्वाचन आयोग, लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग लगायतका संवैधानिक आयोगहरुमा पदाधीकारी नियुक्त गर्नुभएको थियो ।

अध्यादेशबाट ल्याईएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सोही अध्यादेशअनुसार भएको नियुक्ति खारेज गर्न माग गर्दैक सर्वोच्चमा ४ वटा रिट दर्ता भएको थियो । तर २१ पटकसम्म पेशी तोकीएपनि विभिन्न बहानामा डेढ वर्षसम्म उक्त मुद्दामा सुनुवाई हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group