ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार सुधारका लागि आमरण अनसन बसेका कोइरालाले अनसन तोडे


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ४ : २७   बजे

काठमाडौँ, १० असार । शेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोड्नुभएको छ । मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने सहमति भएको छ ।

त्यस्तै, वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत आरक्षण गर्ने काम साउनदेखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ । क्रमिक रुपमा एनआरएनलाई पनि बजारमा सहभागिता गराइने पनि सहमति भएको छ । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमति भएको छ ।

साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमइज प्लाटफर्म भदौ महिनासम्म कार्यान्वयन ल्याउन पहल गर्ने, दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमति भएको छ । धितोपत्र बजारमा नयाँ औजार भित्र्याउने सम्बन्धमा स्टक एक्सचेन्जबाट अध्ययन भइ कार्यान्वयन चरणमा रहेकाले सोका लागि आवश्यक कार्य अघि बढाइने सहमति भएको छ । सेयर धितोमा ४-१२ करोडको सीमाका सम्बन्धमा राष्ट्र बैंकसँग समन्वय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group