ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्छ : मन्त्री झाँक्री


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ५ : १९   बजे

काठमाडौँ, १० असार । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले शहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरू मन्त्री परिवर्तन भए शून्यबाट बनाउन शुरु गर्नुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताउनुभयो । उहाँले प्राधिरकणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्रीले प्राधिकरणले विकासको काम राम्रो गरोस् पनि भन्ने र खारेज पनि हुनुपर्छ भन्ने दुई वटा सोच राख्न नहुने बताउनुभयो । उहाँले प्राधिकरणले आफू स्वायत्त संस्था भएको दाबी गरे पनि सरकारको बजेटमा आश्रित संस्था स्वायत्तता नहुने बताउनुभयो ।

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका मेयरहरूको फोरमले प्राधिकरणको खारेजको माग गर्नु राजनितिक एजेण्डा मात्रै भएको बताउनुभयो । ‘काठमाडौं उपत्यका विकास प्राधिकरणले पायक पर्ने कुरामा प्राधिकरण स्वायत्त भनिदिन्छ, सरकारको बजेटमा आश्रित भएको संस्था स्वायत्त कसरी हुन्छ रु’ उहाँले भन्नुभयो, ‘काठमाडौं प्राधिकरणलाई काठमाडौंको मेयर फोरम बनाएर खारेजीको माग गर्नुभयो, यो राजनीतिक कुरा हो ।’

मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा सांसद, मन्त्रीहरूले नै आफ्नो इन्ट्रेस्टको क्षेत्रमा सडक कालोपत्र गर्न प्राधिकरणको स्रोत प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले सांसद मन्त्री, पूर्वमन्त्री वा पूर्वनिर्देशकहरूले प्राधिकरणमार्फत योजना छनोट गर्ने भएकाले योजनामा दोहोरोपन देखिएको बताउनुभयो । मन्त्री झाँक्रीले मन्त्री र सांसदहरूले आफ्नो इच्छा अनुसार प्राधिकरणमार्फत योजना बनाएर उपभोक्ता समितिमार्फत योजना ठेकेदारी गरको भन्दै अध्ययन गरेर अख्तियारमा पठाउने चेतावनी दिनुभयो । उहाँले अब सांसदहरूले योजना माग्ने भन्दा पनि योजना छनोटको मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले बाहिरी चक्रपथ जग्गा किनेर बनाउने भए शहरी विकास मन्त्रालय,प्राधिकरणले नभएर भौतिक पूर्वाधार मन्त्रालयले बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले यो वर्ष बाहिरी चक्रपथ बनाउने भन्दा पनि पहिला भएको डिपिआरको आधारमा बनाउन सकिने वा नसकिने भनेर अध्ययनमा राखिएको बताउनुभयो । मन्त्री झाँक्रीले शहरी विकासले ल्याण्डपुलिङमार्फत गर्दा डिपिआर भएको ६।६ किलोमिटर क्षेत्रमा स्थायी र सरकारी संरचना गरी करिव डेढ खर्ब मुआब्जा दिनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले यो भन्दा अगाडि बनेको सरकारहरूले १७ वर्षदेखि बाहिरी चक्रपथ बनाउने कुरालाई गफमै सीमित गरेको आरोप लगाउनुभयो । उहाँले बाहिरी चक्रपथ बन्ने भनेपछि त्यो क्षेत्रको दायाँबायाँ अत्याधिक जग्गा कित्ताकाट समेत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group