ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगरमा बजेट प्रस्तुत गर्न दिने एमाले सहमति


एबीसी / संवाददाता
१० असार २०७९, शुक्रबार   ८ : ०९   बजे

काठमाडौँ, १० असार । नेकपा (एमाले) ले पोखरा महानगरपालिकको बजेट प्रस्तुत गर्न दिन सहमत भएको छ । बजेट पुस्तिका च्यातेर नगरसभा अवरुद्ध गरेको एमालेका नगर सदस्यहरूले मेयर धनराज आचार्यसँगको छलफलपछि बजेट प्रस्तुत गर्न दिन सहमत भएका हुन् ।

नगरसभाबाट बजेट पारित हुनुअघि नै बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले विरोध जनाएपछि नगरसभा अवरुद्ध भएको थियो । साढे ४ बजे सुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै पारित हुनुअघि नै रातो किताबमा बजेट छापेकोमा आपत्ति जनाउनुभएको थियो । त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउनुभयो । उहाँले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । त्यस्तै, महानगरका मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताव नभएको भन्दै सभामा जवाफ दिनुभयो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरूको अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै सभामा नाराबाजी गरेका थिए । उनीहरूले रातो किताब छापेको विषयमा मेयरको जवाफबाट चित्त नबुझेको भन्दै महानगरको सभा गृहबाहिर नाराबाजी गरेका थिए । पोखरा महानगरले करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu