ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले जनतालाई कष्ट हुनेगरी मूल्यवृद्धि गर्नुहुँदैन : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
११ असार २०७९, शनिबार   ५ : १६   बजे

काठमाडौँ, ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनतालाई कष्ट हुनेगरि कुनै पनि वस्तुको मूल्यवृद्धि गर्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आज उहाँले यस्तो बताउनुभएको हो । उहाँले पाँच दलबीच भएको सहमतिलाई सरकारले छिट्टै पालना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले बजार अनुगमन गरेर कालाबजारी गर्नेहरुलाई पनि कारबाही गर्न सरकारलाई सचेत गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तेलको भाउ बढ्यो । मूल्यवृद्धि अचाक्ली भयो । त्यसैगरी भ्रष्टिकरण व्यापक रुपमा बढयो । हामीले यसमा पटक पटक कुरा उठायौं । यसै सन्दर्भमा प्रधानमन्त्रीले पाँच दलको बैठक बोलाउनुभएको थियो । र, त्यसमा मूल्यवृद्धिको सन्दर्भमा अनि तेलको मूल्य निर्धारण गर्ने सन्दर्भमा छलफल भयो ।

छलफल भएर हामीले कसरी राज्यले मुनाफा कमाउने होईन । यसमा जनतालाई मर्का नपर्नेगरी र राष्ट्रले पनि थेग्न सक्ने गरी अधिकतम हिसावले तेलको मूल्य घटाउने बारेमा शनिबार छलफल भएको छ । मलाई विश्वास छ आजको त्यो निर्णयलाई सरकारले तुरुन्त पालना गर्नेछ । हामीले हेर्ने भनेको हाम्रो छिमेकी देशमा मूल्य कस्तो छ ? र, त्यो मूल्य हेर्नुका साथसाथै हामी कतिसम्म जान सक्दछौं ? अन्य स्रोतहरु खोजेर भएपनि जनतालाई भार पर्नेगरी, जनतामा कष्ट पुर्याउने गरी राजस्व उठाउँदै हिँडन्, कदहरु बढाउँदै हिँडने काम गर्ने पनि होईन । मूल्यवृद्धि बढेको छ भने कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ । सुपथ मूल्य पसल खोलेर विपन्न वर्गका समूदायलाई राहत दिनुपर्छ भनेर राखिएको छ । भ्रष्टिकरणका विषयमा पनि कुरा गरिएको छ ।’

मुलुकलाई भ्रष्टिकरणको बाटोमा जान नदिन पनि सरकारलाई आफूहरुले दवाव दिने काम गरिरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group