ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डसँग दुई घण्टा लामो वार्तामा चिनियाँ नेता लिउले भने : नेपालमा हामी पनि हस्तक्षेप गर्दैनौँ, अरुले पनि नगरुन्


एबीसी / संवाददाता
२८ असार २०७९, मंगलबार   ७ : ५७   बजे

काठमाडौं, २८ असार । चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गर्दै यस्तो सन्देश दिएका हुन्। चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको कुरा लिउले राखेको भेटमा सहभागी नेकपा माओवादी केन्द्रका नेतृ पम्फा भुसाले जानकारी दिईन ।

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो भेट गरेको थियो। ‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन,’ लिउले प्रचण्डसँगको भनाइ उद्धृत गर्दै भुषाले भनिन् , ‘अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ।’ जवाफमा प्रचण्डले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएका थिए । भुषालका अनुसार लिउले प्रचण्डसँग मुख्य ६ कुरा गरेका छन्।

पहिलो, छिमेकीलाई प्राथमिकता दिएर पहिलो भ्रमण नेपाल गरेको,

दोस्रो, माओवादी, एमाले, काँग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको

तेस्रो, नेपालमा लगानी विस्तार गर्न चीन तयार छ। त्यसका लागि बीआरआई अगाडि बढाउन चाहन्छौँ।

चौथो चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ।

पाँचौ नेपालमा चीनविरोधी गतिविधि हुन नपाओस्

छैठौं अन्तर्राष्ट्रिय मुद्दामाथि माओवादीको धारणा के हो ?

जवाफमा प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

यस्तै, नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको प्रचण्डले भेटमा बताएका थिए।

चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद दिएका थिए।

‘नेपाल चीनसँग व्यापार घाटामा छ, त्यो घटाउनुपर्छ। ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्छ,’ लिउसँग प्रचण्डले भने।

प्रचण्डको को निवासमा भएको भेटवार्तामा माओवादीका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र ऊर्जामन्त्री पम्फा भुसाल पनि सहभागी थिए । भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता एवं परराष्ट्रमन्त्री नारायण खड्कासँगको छुट्टाछुट्टै भेटमा ४५ मिनेटभन्दा कम कुराकानी गरेका चिनियाँ नेता लिउले दाहालसँग भने झन्डै दुई घण्टा बिताएका थिए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठका अनुसार लिउले दाहालसँग नेपालका राजनीतिक पार्टीहरू र सीपीसीको सम्बन्ध सुधार गर्न तथा नेपालमा सार्वजनिक रूपमा देखिएका अन्तर्राष्ट्रिय मुद्दामाथि पार्टीहरूको धारणा बुझ्न आएको बताएका थिए । ‘मुख्य त चीन र नेपालबीच तथा सीपीसी र नेपालका राजनीतिक पार्टीहरूबीच मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्ने उहाँको भ्रमणको उद्देश्य देखिन्छ,’ श्रेष्ठले भने । उनका अनुसार लिउले नेपाल चीनको असल छिमेकी मित्र रहेको पनि बताएका थिए ।

‘नेपालले विश्वको कुनै पनि मुलुकसँग विकासका लागि सहयोग लिँदा स्वागत गर्छौं । तर नेपाललाई प्रयोग गरेर चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने हाम्रो चाहना छ,’ लिउलाई उद्धृत गर्दै नेता नारायणकाजी श्रेष्ठले भने । नेपालका राजनीतिक दलहरूले आफ्नो फैसला आफैं गर्नुपर्ने पनि चिनियाँ नेता लिउले बताएका थिए । सीपीसीले आफ्नो फैसला आफैं गरेका कारण चीनमा विकास भएको उनले उल्लेख गरेका थिए । नेपालले गत फागुनमा अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुअघि र पछि बेइजिङले पटक–पटक असन्तुष्टि प्रकट गरेको थियो । चीनले त्यसबेला पनि नेपालले आफ्नो निर्णय आफैं गर्नुपर्ने धारणा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu